१३ औं दक्षिण एसियाली खेलकुद (साग)को आयव्यय विवरण सार्वजनिक



काठमाडौं । प्रतियोगिता सम्पन्न भएको एक वर्षपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग)को आयव्यय विवरण सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १३ औं सागको आयव्यय विवरण सार्वजनिक गरेको हो ।
साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । तर, राखेपले हिसाबकिताब समयमा नआएको र कोरोनाको महामारीको कारण ढिला भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा राखेका सदस्य सचिव रमेशकुमार सिलवालले साग खेलकुदतर्फ एक अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको जानकारी दिए । यस्तै निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख छ ।
यस्तै विजेता खेलाडी, प्रशिक्षक र सहभागी संघलाई नेपाल सरकारकोतर्फबाट २२ करोड ७६ लाख रुपैयाँ पुरस्कार रकम दिएको राखेपले जानकारी दिएको छ ।

सागका बेला परिषद्ले एक अर्ब ३७ करोड, २७ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसमा नेपाल सरकारबाट एक अर्ब २३ करोड, टिकट विक्रिबाट दुई करोड ६७ लाख, विज्ञापनबाट करिव २१ लाख, सहभागी देशबाट एक अर्ब ३७ करोड २७ लाख रुपैयाँ आम्दानी भएको राखेप सदस्य सचिव सिलवालले जानकारी दिए । १३ औं साग गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो । घरेलु भूमिमा भएको सागमा नेपालले कुल २ सय ६ पदक जितेको थियो । जसमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी