विश्व चर्चित फुटबलर म्याराडोनाको निधन



चर्चित फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । उनको ६० बर्षको उमेरमा हृदयघाटबाट निधन भएको हो । पछिल्लो पटक उनको मस्तिस्कको शल्यक्रिया भएको थियो । दुई साता अघिमात्र शल्यक्रिया गरिएको म्याराडोनाको अचानक निधन भएको हो । फुटबलको इतिहासका महान् खेलाडीको सूचीमा रहेका म्याराडोनाको चर्चा जहिले पनि हुने गरेको थियो ।

खेलाडी जीवनमा खेलका कारण चर्चामा रहेका म्याराडोना सन्यासपछि उनको बानीका कारण चर्चामा रहे । आफ्नै छोरी भन्दा कान्छी केटीलाई प्रेमीका बनाएको कुरा होस् या अत्याधिक लागूऔषध र मादकपदार्थको सेवन गरेर होस् यी सबै चर्चामा रहे । तर अत्याधिक लागूऔषधको प्रयोगका कारण उनी बारम्बार अस्वस्थ हुँदै उपचार गर्नुपरेको थियो ।

सन् १९८६ को विश्वकप अर्जेन्टिनालाई दिलाएका म्याराडोनाले सोही विश्वकपमा इंग्ल्याण्डविरुद्ध गरेको त्यो गोल जहिले पनि चर्चामा रहेको छ । त्यो विश्वकप पछि उनले ह्याण्ड अफ गडको उपनाम पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको