आइपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित



इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा दिल्लीले चेन्नेई चेन्नेई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो । जितसँगै दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छ । यता चेन्नेईको प्रतियोगितामा लगातार दोस्रो हार हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ३ विकेट गुमाएर १७५ रन बनायो ।

बलियो सुरुवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । शिखर धवन २७ बलमा ३५ रन बनाउँदै आउट भए । पृथ्वी शाले ४३ बलमा ६४ रन प्रहार गरे । त्यसपछि विकेटकिपर व्याट्स्म्यान ऋषभ पन्त र कप्तान श्रीयस ऐय्यरले पारि अघि बढाएका थिए । यी दुई खेलाडीका बीचमा ५८ रनको साझेदारी भएको थियो ।

जवाफमा चेन्नेईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रनमा रोकियो । मध्यम सुरुवात गरेको चेन्नेईले ३५ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर सेन वाट्सन १४ रनमा आउट भए । त्यसपछि ३४ रनमा चेन्नेईले दोस्रो विकेट गुमायो । उसका अर्का ओपनर मुरली विजय १० रनमा पेभेलियन फर्किए ।

अघिल्लो खेलमा अर्धशतक बनाएका फाप डुप्लिसिसले ४३ रन बनाए । तर रुतुराज मात्र पाँच रनमा आउट भए । टिमका कप्तान महेन्द्र सिंह धोनी १५ रनमा आउट भए । दिल्लीका लागि कागिसो राबाडाले तीन विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई