चिनियाँ टोलीलाई पोखरामा आयोजित अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको दोहोरो उपाधि



पोखरा । पोखरा सम्पन्न अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिताको उपाधि चिनियाँ टोलीले जितेका छन् । दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेसमा चिनियाँ टोलीले उपाधिमा कब्जा जमाएका हुन् ।

पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि जितेको छ । दोहोरो उपाधिसँगै उसले नगद १० हजार डलर हात पारेको छ । चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो भयो भने लिआओचिङ यूनिभर्सिटी टिम तेस्रो भयो ।

यस्तै ५०० मिटर ड्रागन बोट रेसमा लिआओ चेङ युनिभर्सिटी छिम दोस्रो हुदाँ यूहान युनिभर्सिटीको टिम तेस्रो भयो । प्रतियोगितामा पाँच सय र दुई सय मिटर विजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तेस्रो भएको टोलीले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । त्यसै गरी सहभागि टिमहरुलाई नगद ५ सय डलर प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी थिए । प्रतियोगितामा चीनको ८, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न प्रदेशबाट सहभागी रहेका थिए । विजेतालाई खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजद राजदूत चेन सोङ्ग, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवी गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमले नेपाल र चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन र नेपालको पर्यटन प्रवद्र्धन गर्न सहयोगी हुने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन गयो नाम्खामा हिमपहिरो ?

काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

राष्ट्रिय महिला भलिबलमा पुलिस र एपिएफ फाइनलमा

कास्की । पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई

अवैध भरुवा बन्दुकसहित मकवानपुरबाट एकजना पक्राउ

हेटौंडा ।  अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ

करेन्ट लागेर खोटाङमा एकजनाको मृत्यु, एक घाइते

खोटाङ । करेन्ट लागेर गम्भीर घाइते भएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३