आईपिएलमा राजस्थान रोयल्स विजयी



इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । युएईको सारजहा क्रिकेट मैदानमा गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराउँदै राजस्थानले नयाँ सिजनमा विजयी सुरुवात गरेको हो ।

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनायो ।

उसका लागि सन्जु स्यामसनले ३२ बलमा ९ छक्का र एक चौकाको मद्दतले ७४ रन बनाए । यसैगरी कप्तान स्टेभन स्मिथले ६९ रनको योगदान दिए ।

अन्तिम ओभरमा राजस्थानमा जोफ्रा आर्चरले विस्फोटक ब्याटिङ गर्दै ३० रन जोडेपछि राजस्थानले उच्च योगफल बनाएको हो । बलीङतर्फ चेन्नाईका साम कुरानले तीन विकेट लिए ।

जवाफमा २ सय १७ रनको लक्ष्य पछ्याएको चेन्नेईले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन मात्र बनाउन सक्यो ।

चेन्नईका फाफ डु प्लेसिसले ७२ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

जारी आईपिएलमा राजस्थानको यो पहिलो खेलमा पहिलो जित हो भने चेन्नाईको दुई खेलमा पहिलो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित