आईपिएलमा बैंग्लोरको विजयी सुरुवात, सनराइजर्स हैदरावाद १० रनले पराजित



युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो ।

खेलमा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ ओभर ४ बलमा १ सय ५३ रनमै समेटियो । उसका लागि इंग्लीश खेलाडी जोनी बेयरस्टोले ६१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । बैंग्लोरका युजभेन्द्र चाहलले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । डेब्यु खेलाडी पडीक्कलले ५६ रन जोड्दा डी भिलायर्सले ५१ रनको योगदान गरे ।

जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ । आईपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको