सागमा सहभागी १६ बक्सिङ खेलाडीको कोरोना बीमा



काठमाडौं । गतवर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकूद (साग) मा सहभागी बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ । सागमा सहभागी बक्सिङका १६ खेलाडी तथा दुई प्रशिक्षकको बीमा गरिएको हो ।

पूर्व बक्सिङ खेलाडी एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले व्यक्तिगत खर्चमा १८ जनाको जनही एक लाख रुपैयाँका दरले बीमा गरेका हुन् । विसं २०७६ मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरिएको १३औँ सागमा नेपालबाट १० पुरुष र छ महिला बक्सिङ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले प्रतियोगितामा बक्सिङतर्फ तीन स्वर्ण, छ रजत र छ कास्य पदक प्राप्त गरेको थियो ।

सागमा सनिल शाही, भूपेन्द्र थापा र मीनु गुरुङले स्वर्ण जितेका थिए । यस्तै गणेश प्रधान, आशिष दुवाडी, ललिता महर्जन, माला राई, संगीता सुनार र पुनम रावलले रजत तथा विकास लामा, अर्जुन सिगु, सुशील थापा, तेजबहादुर देउवा, पुरन राई र चन्द्रकला थापाले कास्य पदक प्राप्त गरेका थिए ।

सागमा सहभागी खेलाडीलाई प्रशिक्षण दिएका बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि बीमा गरिएको पूर्व बक्सिङ खेलाडी श्रेष्ठले जानकारी दिए । कोरोना भाइरसको महामारीको समयमा खेलाडी र प्रशिक्षकको ज्यान जोखिममा भएकाले बीमा गरिदिएको उनले बताए । बीमा पोलिसी एकमुष्ट रुपमा प्रमुख प्रशिक्षक थापा मगरलाई हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।