म्यान्चेस्टर युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश



म्यान्चेस्टर युनाईटेड र इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रियाको लास्कलाई २–१ ले हराउँदै इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा उक्लेको हो । पहिलो लेगमा ५–० को जित निकालेको म्यान्चेस्टर युनाईटेडले हिजोको जितपछि समग्रमा खेल ७–१ ले आफ्नो पक्षमा पार्यो ।

गएराति नै स्पेनको गेटाफेलाई २–० ले हराउँदै इटालीको इन्टर मिलान पनि क्वाटरफाईनलमा पुगेको छ । अन्य खेलहरुमा जर्मनीको वुल्फवर्गलाई ३–० ले हराउँदै युक्रेनको शख्तर डोनेत्स्क तथा टर्कीको इस्तानबुल बासाक्सेरलाई ३–० ले पाखा लगाउँदै डेनमार्कको एफ.सी कोपनहेगन पनि क्वाटरफाईनलमा उक्लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ

दशौँ राष्ट्रिय खेलकुदको तयारीमा तीव्रता दिन खेलकुदमन्त्री श्रेष्ठको निर्देशन

  कर्णाली । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका

भलिबल खेलाडीलाई सेनाको सहयोग

  महेन्द्रनगर (कञ्चनपुर) । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको