इटालियन सिरी ए मा इन्टर  विजयी



इटालियन सिरी ए अन्तर्गत मंगलवार राति भएको खेलमा इन्टर र एटलान्टा विजयी भएका छन् । इन्टरले नापोलीलाई सहजै र एटलान्टाले पार्मामाथि पुनरागमन जित हात पारेका हुन् ।दोस्रो स्थानको इन्टरले सातौं स्थानमा रहेको नापोलीलाई २(० ले हरायो । घरेलु मैदानमा इन्टरका लागि ११औं मिनेटमा डानिलो डि’एम्ब्रिसो र ७४औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरे । इन्टरले यसअघि नै युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ ।

तर यस हार नापोलीको लागि भने महाँगो सवित भएको छ । नापोली युरोपा लिगमा सीधै छनोट हुन सक्ने छैन । यस्तै युरोपा लिग छनोटमा पुग्न पनि अन्तिम खेल जित्नुपर्नेछ भने एसी मिलानको खेलको नतिजा कुर्नुपर्नेछ । जितपछि इन्टरले ३७ खेलबाट ८९ अंक जोडेको छ । नापोलीको समान खेलबाट ५९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाका रावल र एपीएफकी भण्डारीलाई कर्णाली हाफ म्याराथनको उपाधि

कर्णाली । प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्र रावल र

इन्टर मिलानको फ्रोसिनोनमाथि शानदार जित

काठमाडौं । इटालियन सिरी ए को उपाधि जितिसकेको इन्टर मिलानले फ्रोसिनोनमाथि शानदार जित

रारा कप कबड्डीको उपाधि सुर्खेतलाई

  सुर्खेत ।  कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली

पोखरा स्पोर्ट्स अवार्डमा अर्जुन र सुस्मिता सर्वोत्कृष्ट

गण्डकी । आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पुरुष तर्फ