लाजियो एक दशकपछि युरोपियन लिगमा छनोट



लाजियो एक दशक लामो प्रतिक्षापछि युरोपियन च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । लाजियो सिरी एअन्तर्गत गएराति भएको खेलमा काग्लियारीलाई पराजित गर्दै लाजियोले शीर्ष चारमा स्थान पक्का गर्दै युरोपियन च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो ।

खेलमा एक गोलले पछि परेको लाजियोले पुनरागमन गर्दै काग्लियारीलाई २(१ ले पराजित गरेको हो । ४५औं मिनेटमा जियोभानी सिमोनीले गोल गर्दै काग्लियारीलाई पहिले अग्रता दिलाएका थिए । ६०औ मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा लाजियोले ३ अंक जोड्न सफल भयो । निर्णायक गोल गरेका इम्मोबाइल सिरी ए मा सर्वाधिक गोलकर्तामा समेत अगाडि छन् । उनले क्रिस्टियानो रोनाल्डोलाई एक गोलले पछि पारेका छन् । इम्मोबँइलको ३१ गोल पुगेको छ भने रोनाल्डोको ३० गोल छ । जितपछि लाजियोले ३५ खेलबाट ७२ अंक जोडेको छ र चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको रोमा भन्दा लाजियोले ११ अंक बढी जोडिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी टि–२० विश्वकपमा भारतद्वारा अष्ट्रेलिया पराजित

काठमाडौँ । आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको

गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेटको उपाधि स्याङ्जाले जितेको

अमेरिकासँग बोलिभिया पराजित

काठमाडौँ । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुवात गरेको छ ।

टि-ट्वान्टी विश्वकपमा अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौँ । आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको