भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान एन्फाले प्रयोग गर्ने



काठमाडौं । भद्रकालीस्थित नेपाली सेनाको जगी अड्डामा रहेको फुटबल मैदान प्रयोग गर्ने गरी एन्फा र सेनाबीच सम्झौता भएको छ । सम्झौताअनुसार एन्फाले सेनाको मैदानमा अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाउने छ । पहिला कार्य स्वरुप एन्फाले ड्रेसिङ रुम र रेफ्री रुम अन्तर्राष्ट्रियस्तरको बनाएको हो ।

शुक्रबार एक कार्यक्रमबीच एन्फाले उक्त संरचना नेपाली सेनालाई हस्तानतरणसमेत गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अब सेनाको मैदान फुटबल खेलको लागि एन्फाले प्रयोग गर्ने जानकारी दिए । ‘त्यहाँ विदेशी टिमले ट्रेनिङ गर्न मिल्ने स्ट्यानडर्ड बनेको छ । ड्रिङ रुम र रेफ्री रुम बनाउनको लागि १४ लाख ५६ हजार खर्च भएको जनाएको छ । यस्तै प्यारापिट निर्माणको लागि भने एन्फाले राष्ट्रिय खेलकुद परिषदसँग सहयोगको लागि आग्रह गर्ने भएको छ । एन्फा अध्यक्ष शेर्पाले क्लबको खेल मैदान पनि चेन्जिङ रुम भएको ट्रेनिङ गर्न मिल्ने अन्तर्राष्ट्रियस्तरको भएको बताए ।

अब नेपाली सेनाको उक्त मैदान एन्फाले विश्वकप फुटबल छनोटका बेला ट्रेनिङको लागि प्रयोग गर्न पाउनेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ । त्यसका लागि विदेशी टिम नेपाल आउँदा उनीहरुले सेनाको मैदानमा ट्रेनिङ गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा