कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिए



दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको हो । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको छ ।

सोमबार साफको बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो । बङ्गलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो ।

बाह्रौँ साफ सन् २०१८ मा बङ्गलादेशको ढाकामा आयोजना गरिएको थियो । बाह्रौँ साफको उपाधि माल्दिभ्सले जितेको थियो । सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत