खुमलटार र टुसालले २–२ गोलको बराबरी



सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको खेलमा खुमलटार र टुसालले २–२ गोलको बराबरी खेलेको हो । रोमान्चक बनेको खेलको सातौं मिनेटमा मोहित गुरुङले गोल गर्दै टुसाललाई अग्रता दिलाएका थिए । तर, खेलको १६ औं मिनेटमा महेश राईले गोल गर्दै खुमलटारलाई खेलमा फर्काए ।

खेलको २० औं मिनेटमा कप्तान सबिन केसीले पेनाल्टीमा गोल गर्न नसक्दा खुमलटार अग्रता बनाउन चुक्यो । खेलको ३० औं मिनेटमा सबिनले गोल गर्दै खुमलटारलाई २(१ को अग्रता दिलाए । तर, खेलको ६२ औं मिनेटमा सन्तोष दाहालले गोल गर्दै टुसाललाई हारबाट जोगाए ।

टुसालसँगको बराबरीसँगै खुमलटारले ४ खेलमा १० अंक जोडेको छ । खुमलटार लिगको तेस्रो स्थानमा रहेको छ । टुसाल ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता

म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका- ४

चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश

झापा । चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको  फाइनलमा

मधेशलाई पराजित गर्दै एपीएफ दुई विकेटले विजयी

घोराही । दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप

अस्ट्रेलियाली पूर्व क्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर

सिड्नी ।  अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट म्याकगिललाई बिहीबार कोकिन आपूर्तिमा संलग्न भएको