जापानको आईस हक्की संघले नेपालमा आईस हक्कीको विकासको लागि सबै किसिमको सहयोग गर्ने



काठमाडौं । नेपाल आईस हक्की संघका महासचिव गणेश रिमालले जापान भ्रमणको सिलसिलामा जापान आईस हक्की संघका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष कुमिहारू कितागावा,अन्तर्राष्ट्रिय कमिटीका सदस्यहरू मासाटाका मोरिता,हिरोताका सिगुसा तथा जापान आईस हक्की संघका पदाधिकारी सदस्यहरूसंग भेट गरेका छन् ।

भेटमा नेपालजापान आईस हक्की संघको आपसी सम्बन्ध,नेपालमा आईस हक्कीको विकास,खेलाडीहरूको तालिम,नेपालमा आईस रिङ्कको निर्माणको लागि सहयोग,तथा दुई देशका पदाधिकारी तथा खेलाडीको नेपालजापान भ्रमण सम्वन्धमा महत्वपूर्ण छलफल गरेका छन् ।

छलफलमा जापान आईस हक्की संघका अन्तर्राष्ट्रिय कमिटी अध्यक्षले जापान आईस हक्की संघ नेपालमा आईस हक्कीको विकासको लागि सवै किसिमको सहयोग गर्न तयार रहेको वताए ।

सो अवसरमा नेपाल आईस हक्की संघका महासचिव रिमालले नेपालमा आईस हक्की खेलको लागि प्राकृतिक तालहरू रहेको र यस्को विकास विस्तार गर्न सकिए पर्यटकको आगमनले नेपालको विकासमा समेत टेवा पुग्ने कुरा वताए । महासचिव रिमाल केही दिनको जापान भ्रमणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट