कोरोना भाइरसको जोखिमका कारण एभरेस्ट प्रिमियर लिग (इपिएल) स्थगित



काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले सभा समारोह लगायतका कार्यक्रम नगर्न आग्रह गरेपछि इपिएल स्थगित गरिएको हो ।

इपिएल आयोजना गर्दा धेरै संख्यामा दर्शकहरु उपस्थित हुने र भाइरसको संक्रमण फैलिन सक्ने विषयलाई बुझ्दै सरकार र सरोकारवालासँग छलफल गरेर यसपटकको इपिएल स्थगित गरिएको इपिएलका कार्यकारी निर्देशक अमिर अख्तरले जानकारी दिएका छन् ।

इपिएल यही मार्च १४ देखि २८ सम्म काठमाडौंमा आयोजना हुने तय भएको थियो। यसपटकको इपिएलमा क्रिस गेलदेखि विश्वका चर्चित क्रिकेट खेलाडीहरु काठमाडौं आउने तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट