हङकङसँग नेपाल ४३ रनले पराजित



काठमाडौं । एसीसी इष्टर्न रिजन क्रिकेटमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना सकिएको छ । थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो । खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो। टस हारेको हङकङले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो १५५ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले १११ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सर्वाधिक रन कप्तान ज्ञानेन्द्र मल्लले बनाए। उनले ४३ बल खेल्दै ४६ रन बनाए। नेपालका लागि ओपनर कुशल मल्लले १९ रन र आरिफ शेखले १० बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। नेपालको इनिङ्स ध्वस्त बनाउन हरुन मोहम्मदले चार तथा अफ्ताब हुसेनले ३ विकेट लिए।

त्यस्तै इशान खानले २ विकेट लिए। यस अघि ब्यटिङ गरेको हङकङका लागि निजकान्त खान मोहम्दले ४८ रन बनाए भने मोहम्मद अजिज खानले २९ र सहीद वासिफले २६ रन बनाए। त्यस्तै हरुन मोहम्द अस्रफले २७ तथा जेम्स जोनले १३ रन बनाए।

नेपालका लागि सन्दीप लामिछाने र सुसन भारीले समान २ विकेट लिए । कुशल मल्लले एक विकेट लिए । शनिबार नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित मलेसिया, थाईल्याण्ड, सिंगापुर र हङकङ समावेश छन्। रोउण्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।