३-२ ले पराजित गर्दै गोकुलम पहिलो पटक च्याम्पियन



काठमाडौं । सावित्रा भण्डारीले निर्णायक गोल गरेपछि गोकुलम केरला एफसीले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा क्रिस्पा एफसीलाई ३(२ ले पराजित गर्दै गोकुलम पहिलो पटक च्याम्पियन बनेको हो ।

गोकुलमका लागि नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्राले ८७औं मिनेटमा निर्णायक गोल गरिन् । त्यसअघि गोकुलमले दुई गोलको अग्रता लिएपनि क्रिस्पाले बराबरी गरेको थियो । तर सावित्रा निर्णायक बन्दा गोकुलम विजयी भयो ।

खेलको पहिलो मिनेटमै प्रमेश्वरी देवीले गोल गर्दै गोकुलमलाई अग्रता दिलाएकी थिइन् । २५औं मिनेटमा कमला देवीले गोल गर्दै गोकुलमको अग्रता दोब्बर पारिन् ।

सावित्राले खेलेको सबै खेलमा गोल गरिन् । उनले समूह चरणमा पाँचवटै खेलमा गोल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।