विभागीय टिम एपिएफ क्लब ९ अंक बनाएर १२औं स्थानमा



काठमाडौं । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम एपिएफ क्लबले १२औं स्थानमा लिग सकाएको छ ।

बिहीबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग १–१ गोलको बराबरी खेल्दै १२औं स्थानमा लिग सकाएको हो । खेलेको ४४औं मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाए । खेलको अतिरिक्त समयमा बिबिसीका लागि विजय गुरुङले गोल गर्दै हारबाट जोगाए ।

१३ खेल खेल्दै एपिएफले २ खेलमा जित, ३ खेलमा बराबरी र ८ खेलमा हार ब्यहोर्दै ९ अंक बनाएर १२औं स्थानमा लिग सकाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।