फोटोमा हेर्नुस् प्रथम कुरी स्की तथा स्नोबोर्ड च्याम्पियनसिप



दोलखा । दोलखाको प्रसिद्ध कालिञ्चोकस्थित कुरीमा प्रथम कुरी स्की तथा स्नोबोर्ड च्याम्पियनसिप २०२० सम्पन्न भएको छ । स्कीतर्फको प्रतियोगितामा तारादल गणका पुण्डरिक पाण्डेले उपाधि हासिल गरेका छन् ।

त्यसैगरी कुरीका छिरिङ शेर्पाले दोस्रो स्थान हासिल गरे भने कुरीकै रमेश पाख्रिनले तेस्रो स्थान हासिल गरेका छन् ।स्नोबोर्ड च्याम्पियनसिपको उपाधि कुरीका विशाल तामाङले प्राप्त गरेका छन् । त्यस्तै कुरीकै १४ वर्षका दावा तामाङले दोस्रो र कुरीकै १२ वर्षीय नवीन तामाङले तेस्रो स्थान हासिल गरेका छन् ।

विजयी खेलाडीहरुलाई कालिन्चोक गाउँपालिकाका प्रमुख विनकुमार थामीले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका छन् । ट्रफी वितरण गर्दै कालिन्चोक गाउँपालिका प्रमुख थामीले कालिन्चोक गाउँपालिकाले दोलखाको र कालिन्चोकको पर्यटन प्रवद्र्धनका लागि लागिपर्ने बताए ।

नेपाल स्नो स्पोर्टस फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईले दोलखा जिल्ला यस्ताखाले थुप्रै साहसिक तथा पर्यटकीय खेलको लागि अत्यन्त उर्वर रहेको बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले आगामी बुधवार नेपाल माउण्टेन एकेडेमीले आयोजना गरेको राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन जाने कुरा प्रतियोगिताका इभेन्ट म्यानेजर सौगात थापाले जानकारी दिए ।

तस्बिर शम्भु गौतम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई