दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई



भोजपुर । पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको छ । बुधबार भएको फाइनल खेलमा तिवारीभञ्याङ फुटबल क्बललाई ४–३ गोल अन्तरले पराजित गर्दै राजगढले उपाधि जितेको हो ।

जितसँगै राजगढ फुटबल क्लबले नगद तीन लाखसँगै ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता तिवारी भञ्याङ फुटबल क्लबले नगद दुई लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए ।

राजगढका श्याम मूर्मु फाइनल खेलको म्यान अफ द म्याच चुनिए । सर्वोकृष्ट खेलाडी तिवारी भञ्याङका उमेश कार्की, उत्कृष्ट गोलरक्षक राजगढका योगेश धिमाल, उत्कृष्ट डिफेन्डर राजगढका धीरेन क्षेत्री, सर्वाधिक गोलकर्ता राजगढका अमित बेसाहारा, उत्कृष्ट मिड फिल्डर राजगढका हेमन्त लिम्बू र वेस्ट राईजिङ खेलाडी आशाहाङ राई घोषित भएको आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए ।

विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकाससँगै युवा, बालबालिकाको शाररीक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप आयोजना गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पत्रकार र युवा सङ्घबीच भएको फुटबल प्रतियोगिता बराबरीमा

ललितपुर । केपी ओली कप अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताको प्रचारप्रसारका लागि खेलकुद पत्रकार र

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आकर्षण ‘सिलाम साक्मा’

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सवका

बेलायतमा भूपेन्द्रलाई दोहोरो स्वर्ण

  काठमाडौँ । नेपालका भूपेन्द्र गुरुङले बेलायतमा भएको ‘आइएमएसी’ खुला प्रतियोगितामा दुई स्वर्ण

थन्डरबोल्ट नर्थ युनाइटेडलाई ब्ल्याक बुल्स एफसी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ