संकटा क्लबद्वारा एपीएफ क्लब पराजित



काठमाडौं । दशरथ रंगशालामा संकटा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४(२ ले पराजित गरेको छ । बिहीबार शहीद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४(२ ले पराजित गरेको छ ।

खेलमा १९ औं मिनेटमा लक्ष्मण रुचालले करिब २५ यार्डबाट प्रहार गरेको प्रिकिक गोलबाट संकटाले अग्रता लिएको थियो । पेनाल्टी एरियामा वान बाउन्स भएर बल गोल भए पनि एपीएफका गोलकिपर अमृत चौधरीले रोक्ने कुनै मौका पाएनन् ।

४४ औं मिनेटमा कर्ण सुब्बाले गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । पेनाल्टी एरियामा अजयी मार्टिन्स कोयोडोको पासमा कर्णलेको पहिलो प्रहार एपीएफका गोलकिपर अमृतले रोकेका थिए तर त्यसमै बएको रिबाण्डमा कर्णले नै गोल गरेका हुन् ।

५३ औं मिनेटमा अजयीले नै गोल गर्दै संकटालाई ३(० को अग्रता दिलाए । तर एपीएफले लगातार दुई गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेको थियो । ५६ औं मिनेटमा नवीन लामा र ७२ औं मिनेटमा आशिष लामाले गोल गर्दै खेल ३(२ को स्थितिमा पुर्‍याए । ८८ औं मिनेटमा अजयी मार्टिन्सले नै गोल गर्दै संकटालाई ४(२ को अग्रता दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।