दक्षिण एसियाली खेलकुदमा महिला नेपाली क्रिकेट टोली पराजित



काठमाडौं । दक्षिण एसियाली खेलकुदमा महिला नेपाली क्रिकेट टोली श्रीलंकासँग पराजित भएको छ । शुक्रबार महिला क्रिकेटमा नेपाली टोली श्रीलंकासँग पराजित भएको हो । लगातार दोस्रो हारसँगै नेपाल स्वर्ण जित्ने सम्भावना सकिएको छ । पोखरामा सम्पन्न खेलमा श्रीलंकाले सुरुवाती ब्याटिङ गर्दै नेपाललाई २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १९ रनको चुनौती प्रस्तुत गरेको थियो ।

श्रीलंकाका लागि लिहिनी अप्सराले सर्वा्धिक ३७ रनकको योगदान दिएकी थिइन् । त्यस्तै आज अन्हलीले ३५ रन बनाउँदा पट्टिडुरा सान्दिपनीले २२ रनको योगदान दिइन् । जवाफी ब्याटिङमा उत्रेको नेपाली टोलीले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ७७ रन बनाउन सक्यो। यससँगै नेपाल ४१ रनले पराजित हुन पुग्यो । नेपालका लागि कप्तान रुविना क्षत्रीले सर्वा्धिक १९ रन बनाइन् ।

त्यस्तै कविता कुँवरले अभिजित १३ रन, करुणा भन्डारीले अभिजित १२ रन तथा अप्सरी बेगमले ११ रन बनाइन्। दोस्रो हारसँगै नेपाल स्वर्णको होडबाट बाहिरिएको छ । नेपालले रजतका लागि फेरि माल्दिभ्ससँग खेल्नेछ । स्वर्णका लागि श्रीलंका र बंगलादेश भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट