नेपाल प्रहरीलाई फुटबलको विकासका लागि नेपाल टेलिकमले ३२ लाख सहयोग



काठमाडौं । नेपाल प्रहरीको फुटबल क्षेत्रको विकासका लागि नेपाल टेलिकमले सहयोग गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपाल पुलिस क्लबको महिला तथा पुरुष फुटबल खेलाडीलाई प्रायोजन गर्न नेपाल टेलिकमले ३२ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै टेलिकमको लोगो अङ्कित पोशाक लगाएर खेलाडीहरुले खेल खेल्नेछन् । सम्झौता अवधि एक वर्षको हुनेछ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सम्झौताले लोकप्रिय खेल फुटबललाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने बताए । प्रहरी र नेपाल टेलिकमबीच विस २०६८ सालदेखि फुटबलमा सम्झौता हुँदै आएको छ ।

सुरुको दिनमा पुरुष फुटबल खेलाडीका लागिमात्र प्रायोजन गर्दै आएको टेलिकमले विस २०६९ सालदेखि महिला खेलाडीलाई समेत सहयोग गर्दै आएको छ । सुरुका दिनमा वार्षिक १६ लाख उपलब्ध गराउँदै आएको टेलिकमले अहिले वार्षिक ३२ लाख उपलब्ध गराउने गरी सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।