महिला भलिबल खेलाडीलाई जनही तीन लाख नगदसहित सम्मान



काठमाडौं । सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेको छ । बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई सरकारले जनही ३ लाखसहित सम्मान गरेको हो । पूर्वघोषित कार्यक्रम अनुसार सरकारले सबै खेलाडीलाई मंगलबार जनही ३ लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेको हो ।

उपाधि जित्ने टोलीमा रहेका १२ खेलाडी ३ प्रशिक्षक र १ व्यवस्थापकलाई अर्थमन्त्री डा. युवराज खतिवडा र युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्मालगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई नगदसहित सम्मान गर्ने कार्यक्रम तय भएपनि प्रधानमन्त्रीको अस्वस्थताका कारण अर्थमन्त्रीले सम्मान गरेका हुन् । कार्यक्रममा अर्थमन्त्री खतिवडाले सागमा सपदक जित्नेलाई पुरस्कार राशीमा उल्लेख्य वृद्धि गर्ने बताए ।एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको महिला भलिबल टिमलाई सरकारले नगदसहित सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय