सागमा भाग लिन नेपाल आउने विदेशी खेलाडी र पदाधिकारीको पाँच लाखको दुर्घटना बीमा



काठमाडौ । राष्ट्रिय खेलकुद परिषदले नेपालमा यही मंसिर १५ गतेबाट सुरु हुने दक्षिण एसियाली खेलकुदमा नेपाल आउने विदेशी खेलाडी र पदाधिकारीका लागि दुर्घटना विमा गरेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदमा एक कार्यक्रमको आयोजना गरी सचिवालय तथा १३ औं साग आयोजक समितिले सोमबार बीमा कम्पनी आइएमई जनरल इन्सयोरेन्स लिमिटेडसँग सम्झौता गरेको हो ।

सम्झौतामा राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरे । आसन्न सागलाई लक्षित गरेर राखेपले आइएमईसँग प्रतिब्यक्ति पाँच लाखको बीमा गरेको हो ।

सम्झौतासँगै सागको बीमा प्रायोजक आईएमई रहनेछ । साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुनेछ । सागमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र भुटानको सहभागिता रहेको छ ।

सागका लागि विदेशबाट खेलाडी र पदाधिकारी गरी कुल ३ हजार २ सय नेपाल आउँदैछन् । खेलाडी र पदाधिकारीको इन्सोरेन्स खेल अवधिका लागि मात्र मान्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।