सागमा तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने



काठमाडौं । मंसिर १५ गते बाट नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जिम्मा पाएको प्राविधिक समितिले शनिबार आफ्नो कार्यविवरण जानकारी गराएको छ ।

राष्ट्रिय खेदकुद परिषदको प्रचार प्रसार समितिका गंगा बहादुर मगरले मितिले सागमा सहभागी भएका खेल संघहरुसँग समन्वय गरी प्रशिक्षक एवम् प्राविधिक जनशक्ति परिचालन, पदक निर्धारण, खेलस्थल एवम खेल अवधि निर्धारण, प्राविधिक पुस्तिका तयारी, प्रकाशन सम्बन्धि काम पूरा भएको जानकारी गराएका हुन् ।

कार्यक्रममा संयोजक मगरले केही दिन भित्र नै खेल स्थलको निरीक्षण गरी आवश्यक सल्लाह सुझाव दिने बताए । नेपालमा हुने लागेको खेल मेलामा विभिन्न सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

करिब ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा कुल २९ खेल समावेश गरिएको छ । त्यसका लागि समितिले अन्तर्राष्ट्रिय रेफ्रि, जज, जुरी, अम्पायर लगायत उच्च स्तरीय प्राविधिक डेलिगेट्सहरुलाई नेपाल आउन र उनीहरुको व्यवस्थापनका लागि काम गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोकियो ओलम्पिकमा ४० पदकसहित चीन शीर्ष स्थानमा

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित

साफ च्याम्पियनसिप आयोजना गर्न १० करोड रुपैयाँ लाग्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न

फुटसल सञ्चालन गर्ने व्यवसायीको निर्णय

काठमाडौं । फुटसल व्यवसायीको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी सङ्घले फुटसल पुनःसञ्चालन गर्ने

टोकियो ओलम्पिकमा सरस्वती पहिलो चरणबाट बाहिर,नेपालको ओलम्पिक यात्रा सकियो

काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै