रोनाल्डोको ७०० गोल पूरा



पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेल जीवनको ‘माइलस्टोन’ ७०० औँ गोल पूरा गरेका छन् ।
रोनाल्डो खेल जीवनमा सात सय गोलको आँकडा पूरा गर्ने छैटौँ फुटबलर बनेका छन् ।

युरोकप फुटबल २०२० को छनौट अन्तर्गत समूह बी मा रहेको पोर्चुगलका लागि सोमबार राति युक्रेनसँगको खेलमा रोनाल्डोले एक गोल गरेका हुन् । रोनाल्डोले ७२ औँ मिनेटमा पेनाल्टी मार्फत गरेको गोल उनले राष्ट्रिय टिम तथा क्लबका लागि गरेको ७०० औँ गोल बन्यो ।रोनाल्डोले पोर्चुगलका लागि गरेको त्यो ९५ औँ गोल थियो ।

रोनाल्डोले गोल गरे पनि पोर्चुगल युक्रेनसँग २–१ ले पराजित भयो । तर उन खेल जीवनको अति विशिष्ट उचाई पुगेका छन् ।

रोनाल्डोले राष्ट्रिय टिम तथा क्लबबाट ९७३ खेलमा ७०० गोल गरेका हुन् । ९७३ मध्ये ४५८ खेलमा उनले कम्तिमा एक गोल गरेका छन् ।अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचिमा रोनाल्डो दोस्रो स्थानमा छ ।

राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् इरानका अली दाइ, उनले १०९ गोल गरेका छन् । रोनाल्डो उनी भन्दा अब मात्रै १४ गोल पछि छन् अर्थात रोनाल्डोले ९५ गोल गरिसकेका छन् ।

रोनाल्डोले रिलय मड्रिडका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि ११८, युभेन्टसका लागि ३२ तथा स्पोर्टिङ्ग सिपीका लागि पाँच गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई