युरो २०२२ को छनोट खेलका लागि टोली घोषणा, टोलीमा काजोर्लासहित ३ नयाँ खेलाडी



स्पेनिस राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रोबर्ट मोरेनोले युरो २०२२ को छनोट अन्तर्गत नर्वे र स्विडेनविरुद्ध खेलका लागि टोली घोषणा गरेका छन् ।

उनले टोलीमा ३ नयाँ खेलाडीलाई मौका दिएका छन् । टोलीमा सर्जियो रेगुलियोन, पाउ टोरेस र जेरार्ड मोरेनो पहिलो पटक स्थान बनाउन सफल भएका छन् । मोरेनोले १६ वर्षीय बार्सिलोना सुपरस्टार अन्सु फातीलाई टोलीमा समेट्ने प्रयास गरेपनि फिफाको स्वीकृति प्राप्त नभएकाले प्रतिक्षा गर्नुपरेको हो ।

फातीले गत महिना स्पेनको नागरिकता लिएपनि फिफाबाट भने स्वीकृति आउन बाँकी रहेको हो । भिल्लारियलका लागि जारि सिजन ६ गोल गरिसकेका मोरेनोसँगै उनकै सहकर्मी डिफेन्डर पाउ टोरेस पनि टोलीमा समेटिएका हुन् । यी दुईसँगै सान्टि काजोर्लाले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

उनी चोटका कारण लामो समयदेखि मैदानबाहिर रहेपनि लिगमा उत्कृष्ट पुनरागमन गरेपछि टोलीमा फर्किएका हुन् । युरो छनोटको समूह एफ मा स्पेनले सुरुवाती ६ खेल नै जितेको छ । स्पेनले अक्टोबर १२ मा नर्वे र अक्टोबर १५ मा स्विडेनमा हुने खेल जिते अर्को संस्करणका लागि छनोट पक्का गर्नेछ ।

यसअघि भएको खेलमा स्पेनले नर्वेलाई २–१ र स्विडेनलाई ३–० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन नेपाल सुपर लिगको प्ले अफमा

काठमाडौं । लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल

‘केपी ओली कप’ को उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने

कास्की । पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको तयारी पूरा

नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण

गणेश थापामाथि फिफाको निलम्बन समाप्त, भावी योजना के छ ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापामाथि अन्तर्राष्ट्रिय फुटबल