कोलम्यानले जिते एक सय मिटरको स्वर्ण पदक



कतारको दोहामा जारी विश्व एथ्लेटिक्स स्पर्धामा अमेरिकी धावक क्रिस्टियन कोलम्यानले १०० मिटर दौडको स्वर्णपदक जितेका छन् ।

जमैकाका विश्वप्रसिद्ध १०० मिटर धावक उसेन बोल्टलाई पछ्याउँदै कोलम्यानले उपाधि जितेका हुन् । बोल्टले यस खेलबाट सन्यास लिइसकेका छन् ।

यसै महिनाको शुरुमा डोपिङ काण्डमा मुछिएका यी २३ वर्षीय अमेरिकी धावकले १०० मिटरको दूरी ९.७६ सेकेन्डमा पूरा गरेका थिए । यो उनको अन्तर्रा्ष्ट्रिय स्पर्धामा पहिलो प्रतिष्ठित पदक हो ।

एकसय मिटर दौडमा गत वर्षका विजेता जस्टिन ग्याटलिनले सो दौड ९.८९ सेकेन्डमा पूरा गरी दोस्रो स्थानमा चित्त बुझाए । उनी ३७ वर्षका भइसकेका छन् । क्यानडाका आन्द्रे डी ग्रेसले ९.९० सेकेन्डमा दौड पूरा गरी तेस्रो भए ।

डोपिङको शंकामा परेका कोलम्यानले शारीरिक ऊर्जा वृद्धि गर्ने औषधि वा खानेकुरा नलिएको दाबी गर्दै आएका थिए । दोहाको यस प्रतिस्पर्धापछि उनी विश्वकै सर्वा्धिक तिब्र गतिमा दौडने छैटौं व्यक्ति भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका