सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालको शानदार जित



काठमाडौं । कप्तान पारस खड्काको उत्कृष्ट शतकसँगै नेपालले सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा घरेलु टोलीमाथि ९ विकेटको शानदार जित निकालेको छ ।

सिरिज अन्तगर्त शनिबार भएको दोस्रो खेलमा कप्तान खड्का र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपालले सिंगापुरमाथि ९ विकेटको शानदार जित निकालेको हो ।

इन्डियन एसोसियसन मैदानमा १ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले २४ बल बाँकी छँदै ९ विकेटको जित निकालेको हो । जितसँर्गै नेपालले दुइ महिनाअघि सिंगापुरविरुद्ध विश्वकप छनोटमा हारेको बदला पनि लिएको छ । नेपालको जितमा कप्तान खड्काले अविजित १ सय ६ रन बनाए । ५२ बलको सामना गरेका कप्तान पारसले ७ चौका र ९ छक्काको मद्दतमा १ सय ६ रन बनाएका हो ।

टि–ट्वान्टी क्रिकेटमा आजसम्मकै उत्कृष्ट साझेदारी गर्न मद्दत गरेका आरिफ शेख ३९ रनमा अविजित रहे । आरिफले ३८ बलमा ५ चौका प्रहार गरे । इशान पाण्डे ५ रनमा पवेलियन फर्किएपछि नेपालको इनिङस पारस र आरीफले सम्हालेका हुन् ।

उनीहरुबीच आजसम्कै १ सय ४५ रनको किर्तिमानी साझेदारी भएको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

सिंगापुरका लागि टिम डेभिडले अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । ४४ बल खेलेका उनले ३ चौका र ४ छक्काको सहयोगमा ६४ रन बनाएका थिए । सुरेन्दन चन्द्रमोहनले ३५ रन बनाए ।

सिंगापुरका लागि जनक प्रकाशले २५ रन जोड्दा मनप्रित सिंहले १५ रनको योगदान दिएका थिए । नेपालका लागि करण केसीले दुई विकेट लिँदा टि–ट्वान्टी क्रिकेटमा डेब्यू गरेका सुशन भारीले एक विकेट लिए ।

आज जित निकालेको नेपालले अब अर्को खेल जिम्बाब्बेसँग खेल्नेछ । यसअघि नेपाल हिजो पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो । जिम्बाब्बेपछि नेपालले सिंगापुरसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संखुवासभाको भोटखोला आएको बाढीले बगायो पाँच वटा काठेपुल

किमाथाङ्का । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको छ

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

अहिलेको राजनीति द्वन्द्व सत्ताको खेल हो

-डा. युवराज संग्रौला । क्रान्ति भनेको उन्नयन हो । उन्नयन का दुईवटा गुण

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।