आइसिसी वरियतामा कप्तान पारस, सोमपाल र वसन्त



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।

आइसिसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा यथावत् रहेका हुन् । कप्तान खड्काले ९० रेटिङ अङ्क पाएका छन् ।

उनी दुई महीनाअघि २५ औँ स्थानमा थिए । त्यस्तै ब्याटिङतर्फ भने कप्तान खड्का ६६ औँ स्थानमा छन् ।

बलिङमा नेपाली टोलीका सदस्य रेग्मी ४११ रेटिङ पाउँदै ७३ औँ स्थानमा पुगेका छन् भने कामी ३९१ रेटिङ पाउँदै ७८औँ स्थानमा झरेका छन् ।

त्यस्तै अलराउण्डरतर्फ सोमपाल ६७औँ स्थानमा यथावत् रहेका छन् । उनले ४९ रेटिङ अङ्क पाएका छन् । आइसिसीको टोलीमा टी ट्वान्टी वरियतामा नेपाल ११ औँ स्थानमा यथावत् रहेको छ भने एक दिवसीय वारियतामा नेपाल १७ औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका