टेनिसमा कमल थापालाई दोहोरो उपाधि



पोखरा । नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एशिया बैंक नेपाल आइटिएफ विश्व बरियता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि हात पारेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापा पोखरा रङ्गशालाको टेनिस कोर्टमा बुधबार भएको ५५ वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धामा भारतका सञ्जय कुमारलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरी उपाधि हात पारेका हुन् ।

त्यसैगरी थापाको जोडीले ५५ वर्षमाथिकै उमेर समूहको युगल तर्फको समेत उपाधि जितेको छ । थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई ११–९ को सेटमा पराजित गरी उपाधि जितेको हो ।

च्याम्पियनसीपको ३५ वर्षमाथिको उमेर समूहको उपाधि भने धरमबहादुर लामिछाने र विमलकुमार गुरुङको जोडीले गोपी भट्टराई र शरन गुरुङको जोडीलाई पहिलो सेट ६–४, दोस्रो सेट ५–७ र अन्तिम सुपरटाई १०–६ मा पराजित गरी उपाधि जितेका छन् । ३५ वर्ष माथिको उमेर समूहको उपाधि भने विकास गुरुङ तथा ४५ वर्ष माथिको उमेर समूहको उपाधि विमलकुमार गुरुङले जितेका हुन् ।

च्याम्पियनसीपमा ३५ वर्षमाथिको उमेर समूहमा १० जना, ४५ वर्षमाथिको उमेर समूहमा २२ जना तथा ५५ वर्ष माथिकोे प्रतिस्पर्धामा २० जनाले बरियता प्राप्त गर्ने अङ्कको लागि प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक प्रिति बरालले जानकारी दिइन् ।  विजेता खेलाडीलाई एनआइसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख  दीपेन्द्र शर्मा, नेपाल टेनिस सङ्घका पूर्व अध्यक्ष मनोज राणालगायतले ट्रफी वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका