फिफा बरियतामा नेपाल १६१औं स्थानमा



काठमाडौं । फिफाले निकालेको वरियताको सूचीमा नेपाल १६१औं स्थानमा पुगेको छ । यसअघि १ सय ६६ स्थानमा रहेको नेपालले ५ स्थान सुधार गरेको हो ।

नेपालले विश्वकपको दोस्रो चरणको छनोटमा प्रतियोगितामा कुवेतसँग पराजय भोगे पनि चाइनिज ताइपेविरूद्ध जित हात पारेको थियो । दक्षिण एशियाका देशहरूमा भारत १०४ औं स्थानमा छ भने माल्दिभ्स १५३औं स्थानमा, भुटान १८५औं स्थानमा छ । त्यस्तै बंगलादेश १८७औं,  श्रीलंका २०२ र पाकिस्तान २०३ औं स्थानमा रहेको छ ।

विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम छ भने विश्वविजेता फ्रान्स एक स्थान उक्लिदै दोस्रो स्थान पुग्दा ब्राजिल एक स्थान तल झरेको छ । चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका