कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन



भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाले कृषिमा जोड दिएकाले किसानले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उत्पादित वस्तुलाई सहजरुपमा बाहिरी जिल्लाका बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्सले सहजता थप्ने उनको भनाइ छ ।

‘गाउँपालिकाले कृषिमा जोड दिएको छ’, अध्यक्ष राईले भने, ‘किसानले व्यावसायिक रुपमा विभिन्न नगदेबालीको खेती गरिरहेका छन्, गाउँपालिकाभित्र उत्पादन भएका सम्पूर्ण कृषि उपजको सहज बजारीकरणका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएका हौँ।’

गाउँपालिकाले किवी, अकबरे खुर्सानीलगायत अन्य विभिन्न नगदेबालीको खेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। धेरै किसान व्यावसायिक रुपमा कृषिमा लागेकाले यहाँ उत्पादन भएका वस्तुको बजारीकरणमा टेवा पु¥याउने लक्ष्यले गाउँपालिकाले आफ्नै कृषि एम्बुलेन्स सञ्चालन ल्याएको उनको भनाइ छ।

व्यावसायिक रुपमा कृषिमा लागेका किसानलाई थप प्रोत्साहन गर्न ७०० बढी किसानलाई कृषि सामग्री वितरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धानको समर्थन मूल्य अनिवार्य गर्न माग गर्दै किसान महासंघद्वारा सरकारलाई ज्ञापन पत्र पेस

काठमाडौं । धानको न्यूनतम समर्थन मूल्य कायम गर्न माग गर्दै अखिल नेपाल किसान

घरेलु श्रमिक महिलाका कामलाई राज्यले मान्यता दिनुपर्छः श्रममन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाको पनि

उद्योगमन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जोर्डनका गैरआवसीय

मरिचखेतीले फेरियो बास्तोलाको दैनिकी

-हरिप्रसाद बास्तोला गण्डकी । उत्पादनको सम्भाव्यता र बजारको मागलाई बुझेर कृषि कर्ममा लाग्ने