भोजपुरको टेम्केमैयुङका बासिन्दालाई सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य



भोजपुर ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो ।

नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साविक खावा गाउँ विकास समितिका- ७, ८ र ९ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गरेको उनको भनाइ छ ।

‘यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन निकै समस्या थियो’ उपाध्यक्ष राई भनिन्, ‘सामान्य स्वास्थ्य सेवा लिन पनि तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो । जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार यहीबाट सेवा प्रवाह गर्न सफल भएका छौँ ।’

नागरिकलाई सहज रुपमा स्वास्थ्यसेवा पुर्‍याउनलाई आफ्नो तहबाट भूमिका खेलिरहेको उपाध्यक्ष राईले बताइन् । भौगोलिक रुपमा विकट रहेका अन्य स्थानमासमेत आधारभूत सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह भइरहेको उनले जानकारी दिइन् ।

सामान्य रुघाखोकी तथा जीवनजल लिनका लागि घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थामा गाउँबाट नै स्वास्थ्य सेवा लिन पाउँदा खुसी लागेको टेम्केमैयुङ- ५ का रमेश विष्टले बताए ।

स्वास्थ्य इकाई स्थापनाले यहाँका नागरिकले तीनदेखि चार घण्टा समय लगाएर अन्य ठाउँमा सेवा लिन जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।

गाउँघरमा नै स्वास्थ्य संस्था सञ्चालन भएपछि बिरामी हुँदा नियमित स्वास्थ्य जाँच गराउन पाइएको स्थानीय देवबहादुर विष्टले बताए । स्वास्थ्य केन्द्र स्थापनाले सामान्य उपचार लिनका लागि घण्टौँ पैदल यात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाले भन्यो-भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले सदनमा

सरकार र यातायात व्यवसायीबीचको वार्ता विफल

काठमाडौँ । सरकार र यातायात व्यवसायीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । सोमबार

नयाँ बनाउनुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालन गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नयाँ अस्पताल निर्माण गर्नुभन्दा भएकै स्वास्थ्य

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक आए नेपाल

काठमाडौं  । सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल