तीस करोडमा मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको करिब  १२ करोड लागत र नेपाल हिल्फे संस्थाको  १८ करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

साँघुरो भवनका कारण सहज रूपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताए । नयाँ भवनबाट केही दिनमा सेवा दिन थालिने छ ।

पन्ध्र श्ययाको अस्पतालले पुरानो भवनबाट ८० श्ययाको सेवा दिँदै आएको छ । बिरामीको चाप धेरै भएकाले आफूहरूले स्वीकृत दरबन्दीभन्दा धेरै श्यया सञ्चालन गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा आचार्यले बताए । स्वीकृत दरबन्दी पन्ध्र शैय्याको मात्र हुँदा जनशक्ति अभाव झेल्नु परेको उनको भनाइ छ । हाल अस्पतालमा स्थायी, करार र अन्य गरी १६४ कर्मचारी कार्यरत छन् ।

सामुदायिक रूपमा सञ्चालित सो अस्पताललाई २०७५ सालमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । उक्त समय गण्डकी प्रदेश सरकारले १५ श्ययाको जिल्ला अस्पताल कायम गरेको थियो । प्रदेश सकारको २०८१ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णयले यस अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा अघि बढाएको हो ।

अस्पतालले जग्गाको भोगाधिकार समेत प्राप्त गर्न सकेको छैन । जमिन भोगाधिकारका लागि पहल भइरहेको भए पनि अस्पतालको नाममा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

जमिनको भोगाधिकार नहुँदा अन्य दातासँग सहयोग लिन र नयाँ काम गर्न समस्या हुँदै आएको उनले बताए ।

अस्पतालको वार्षिकोत्सव कार्यक्रममा गत फागुन २८ गते यहाँ आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो अस्पताललाई एक सय श्ययाको बनाउने आश्वासन दिएको अध्यक्ष घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रनगरमा दलित र गैरदलितको सहभागितामा ‘महायज्ञ’

सर्लाही । सिराहाको औरही गाउँपालिका–५, मा महायज्ञको नाममा जातीय विभेद गरेको घटनाको सेलाएको

सुरु भयो सेतो मछिन्द्रनाथको रथयात्रा(फोटोफिचर)

काठमाडौं । सेतो मछिन्द्रनाथको रथयात्रा शुरु भएको छ । शनिबारदेखि मत्स्येन्द्र बहालदेखि शुरु

रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि….

गण्डकी । कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा

तनहुँको व्यासमा चिस्यान केन्द्र बनेको एक वर्षपछि सञ्चालनमा

तनहुँ । तनहुँको व्यास नगरपालिका-११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान