लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाई निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन् ।

गत शुक्रबार लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन सुरु भएको थियो भने शनिबार मतदान भएको थियो । मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाईंले कुल खसेको ४७० मतमा ३५१ मत प्राप्त गरेका हुन् ।

अर्का अध्यक्ष पदका उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गर्दा अध्यक्ष पदमै उम्मेदवारी दिएकी खड्काले १३ मत प्राप्त गरेकी छन् ।

यस्तै उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाई समुहकै उम्मेदवार निर्वाचित भएका छन् । उनको समुहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएकाहुन् ।

यस्तै उपाध्यक्षमा नै अनिता घिमिरे गैरे निर्वाचित भएकी छन् । उनले ३३९ मत प्राप्त गरेकी हुन् ।
यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन् । खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन् । उनलाई सभापति शेरबहादुर देउवा निकट धेरै नेताहरुको पनि साथ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनाव बढेपछि वीरगंजमा कर्फ्यु आदेश जारी

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा कर्फ्यु  आदेश जारी गरेको छ ।

वीरगंजमा तनाव

वीरगंज । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा विवाद हुँदा वीरगंजमा दुई समुदायबीच झडप

तिनकुनेमा आगलागी र हत्या गरेजस्तो होइन जनयुद्धः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी मात्रै १७ हजारको

पोखरामा २०औँ फेवा नव वर्ष महोत्सव सुरु

पोखरा । पोखराको लेकसाइडमा फेवा नववर्ष महोत्सव सुरु भएको छ । नेपाली नयाँ