बेनी–दरवाङ सडकः रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा



म्याग्दी । बेनी–दरबाङ सडकको रणवाङ-तोलावाङ खण्डमा कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार मङ्गला गाउँपालिका–२ रणवाङको खहरेखोलादेखि रणवाङ–सहश्रधारा-दुखुखोला-तल्लोदुखु-रातोढुङ्गा हुँदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो। खहरेखोलाबाट तोलावाङसम्म तीन किलोमिटर ३०० मिटर सडक कालोपत्र भएको छ।

‘फराकिलो पार्ने, पानीको निकास, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा माघ १९ गतेदेखि शुरु गरिएको कालोपत्र गर्ने काम फागुन २७ गते सकिएको छ’, पौडेलले भने, ‘बाङ्गेपहिरो छाडेर बाँकी ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ।’

मङ्गला गाउँपालिका-२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग २२ करोड ५७ लाख ९३२ मा सम्झौता भएको हो।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर यो सडक २०६३ सालमा खुलेको हो। यसअघि बेनी–सिमसम्म १२.५ किलोमिटर खण्ड भने कालोपत्र भइसकेको छ। सिम-पानाबगर खण्डको चार किलोमिटरको काम पनि पूरा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यकासहित ठाउँठाउँमा वर्षा

काठमाडौँ । काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । हाल गण्डकी

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी

३२ क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत

  काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा

सर्वाेच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज

वीरगञ्ज । सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड)