‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु



भोजपुर । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण थालिएको छ । पदमार्गको स्वीस सरकारको आर्थिक एव. प्राविधिक सहयोगमा, संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा एक करोड लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँगै पुनः निर्माणको काम थालिएको हो ।

पदमार्ग निर्माणका विषयमा जानकारी गराउने उद्देश्यले पदमार्ग बनिरहेको हाँस पोखरीमा सार्वजनिक सुनुवाईसमेत गरिएको छ । सार्वजनिक सुनुवाईमार्फत योजनाको लागत, योजना सञ्चालन पद्धती, योजना सञ्चालन हुने क्षेत्र र पदमार्ग निर्माण अवधिलगायतको विषयमा सरोकारवाला पक्षलाई जानकारी दिइएको हो ।

यो पदमार्गलाई थप व्यवस्थित बनाउनको लागि पहिलो चरणमा पाँच दशमलव ४४ किलोमिटर पदमार्ग निर्माण तथा पुनः निर्माण थालिएको टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए । पदमार्गसँगै पयर्टकलाई लक्षित गरेर यहाँ तीन वटा सार्वजनिक सौचालय, दुई वटा रात्री विश्राम स्थल, एक वटा खानेपानी धारा निर्माण गरिने उनको भनाइ छ ।

“तीन वटा सरकार र स्वीस सरकारको लागत साझेदारीमा मुन्दुम पदमार्गको थप विस्तारसँगै पुनःनिर्माण थालिएको छ”प्रशासकीय अधिकृत दाहालले भने,“यहाँ पर्यटकलाई लक्षित गरेर पदमार्ग निर्माणसँगै थप संरचनाहरु बन्ने छन् । यो निर्माण अवधि आगमी असार महिनासम्म रहेको छ ।” पदमार्गको निर्माण तथा पुनः निर्माणको लागि स्वीस सरकारको ५१ प्रतिशत, गाउँपालिकाको २२ प्रतिशत, केन्द्र सरकारको ५ प्रतिशत र प्रदेश सरकारको २२ प्रतिशत लागत साझेदारी रहेको प्रशासकीय अधिकृत दाहालले जानकारी दिए ।

मुन्दुम पदमार्ग गाउँपालिकाको गौरवको आयोजना रहेकोले यसको थप विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकता राखेर यहाँका स्थानीयको समृद्धिको आधार तयार गर्ने लक्ष्यका साथ पदमार्ग विस्तार तथा विकासको काम गरिरहेको उपाध्यक्ष राईले बताइन् । पदमार्गले यहाँको धर्म, सस्कार, सस्कृति रहनसहन, रितिरिवाजको जर्गेनासँगै स्थानीय कृषि उत्पादनलाई पर्यटनसँग जोड्न टेवा पुग्ने उनको भनाइ छ ।

“मुन्दुम पदमार्ग हाम्रो गौरवको योजना हो” उनले भनिन्,“यहाँ जतिपनि काम भइरहेका छन् यसले यहाँको विकास र समृद्धिलाई जोडेको छ । हामीले कृषि र पर्यटनलाई प्राथिमिकतामा राखेर आर्थिक रुपमा सक्षम बनाउने लक्ष्यका साथ काम बढाइरहेको छौँ ।”मुन्दुम मदमार्गमा आउने पदयात्रीहरुको सहज र सुरक्षित यात्राको लागि गाउँपालिकाले योजनावद्ध रुपमा काम गरिरहेको उपाध्यक्ष राईले जानकारी दिइन् ।

पदमार्गलाई थप व्यवस्थित बनाउदै स्थानीयको रोजगारी र जीविकोपार्जनसँग जोड्ने काम भइरहेको उनको भनाइ छ । मुन्दुम भ्रमण वर्ष सन् २०२५ घोषणा गरेर यसको प्रचारप्रसारसँगै विकासको काम भईरहेको उपाध्यक्ष राईले बताइन् । “मुन्दुम पदमार्ग पूर्वको स्थापित गन्तव्यको रुपमा विकास भइरहेको छ”उनले भनिन्, “पदमार्ग विस्तार भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढिरहेको छ । पर्यटकको सहज, सरल, सुरक्षित र आरामदायी यात्राको लागि हामीले योजनाबद्ध रुपम काम गरिरहेका छौँ ।”

मुन्दुम पदमार्ग एक मात्र भर्जिन पदमार्ग रहेकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । सडक विस्तारका कारण पदमार्गलाई असर पुग्ने भएकाले यस्ता क्रियाकलापलाई रोक्न आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ । मुन्दुम पदमार्ग नेपाल सरकारको एक सय गन्तव्यमा सूचीकृत मार्ग रहेकोले जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य गरेर विकास तथा विस्तार भईरहेको उनको भनाइ छ ।

“मुन्दुम पदमार्ग एक भर्जिन पदमार्ग हो”अध्यक्ष राईले भने,“नेपालमा सायदै यस्ता स्थानहरु कमै मात्र छन् । सडक विस्तारका कारण यस्ता क्षेत्रहरुमा क्षति पुगेको अवस्था छ । पदमार्ग क्षेत्रको संरक्षणको लागि हामीले गम्भिर बन्न आवश्यक छ । एक करोड लागतमा भईरहेको पहिलो चरणको काम सम्पन्न भएपश्चात यहि आर्थिक वर्षमा सम्पन्न हुने गरी दोश्रो चरणमा ८५ लाख बराबरको निर्माणको काम हुने अध्यक्ष बस्नेतले जानकारी दिए ।

पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत दिगो र नविनतम पर्यटन विकासको अवधारणा अनुसार यहाँ काम भईरहेको परियोजनाकी सामाजिक सुरक्षा अधिकृत पार्वती राणाले बताइन् ।

पर्यटनमार्फत यहाँका समुदायको आर्थिक अवस्थामा सुधार ल्याउने खालका क्रियाकलाप सञ्चालन हुने उनको भनाइ छ । पदमार्गमा रहेका होटल व्यावसायिकहरुको क्षमता अभिवृद्धिसँगै पाहुनालाई दिने सेवा तथा व्यवहारको विषयमा तालिम तथा सचेतनाका कार्यक्रम सञ्चालन हुने अधिकृत राणाको भनाइ छ ।

यो पदमार्ग क्षेत्रमा टेम्केमैयुङ गाउँपालिकाका एक सय सात जनाले काम गरिरहेको निर्माण उपभोक्ता समितिको अध्यक्ष रहिम राईले जानकारी दिए । पदमार्ग निर्माणले पर्यटनको विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना भइरहेको उनको भनाइ छ । पदमार्ग क्षेत्रमा छ वटा समुह निर्माण गरेर विभिन्न स्थानमा काम भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

राष्ट्रपति पौडेलसमक्ष ६ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न ६ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले

उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण

स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक

सुन्दरबजार, (लमजुङ) । पूर्व–पश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट