यसरी मनाइयो हाँडीगाउँको जात्रा(फोटोफिचर)



काठमाडौं । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँको जात्रा शुक्रबार मनाइएको छ । ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको हो ।

विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ ।

हाडीगाउँमा निकालिएको जात्रा हेर्न सर्वसाधारणहरूको घुइँचो लाग्ने गर्दछ । जात्राका दिन दर्शन र पूजाका लागि तीन वटै रथ तीन वटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ ।

अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात् आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठिक उल्टो अर्थात् तल गजुर र माथि देवताको मूर्ति राखिन्छ । खटको गजुर उल्ट्याइ देवतालाई माथि राख्ने , मैनको फुल प्रयोग गर्ने चोक्ते नारायण जात्रालाई नै जनजिब्रोमा हाडीगाउँको जात्रा भनिएको हो ।

 

तस्बिरः हरिराम भेटुवाल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाले भन्यो-भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले सदनमा

सरकार र यातायात व्यवसायीबीचको वार्ता विफल

काठमाडौँ । सरकार र यातायात व्यवसायीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । सोमबार

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक आए नेपाल

काठमाडौं  । सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल

सदन संचालनका लागि शीर्ष नेताको बैठकमा जुटेन सहमति, गृहमन्त्रीको राजीनामामा माओवादीको अडान कायमै

काठमाडौँ । नेकपा माओवादी केन्द्र सदन संचालनका लागि गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि