कलाकार पौडेलले बनाए ‘आवरण यूनिकोड’



काठमाडौँ । लामो समयदेखि आवरण कला र लिपि साधनामा लागेका रमेश पौडेलले आफ्नै हस्तलिपिलाई मौलिक फन्टका रूपमा विकास गरेका छन् ।

पौडेलले आफूले यसअघि प्रचलनमा ल्याएका फन्टलाई समेटेर नेपाली र नेपाली यूनिकोड रोमनाइज्डमा टाइप गर्न मिल्ने गरी फन्ट विकास गरेको जानकारी दिए । उनले यसरी विकास गरेका फन्टलाई ‘आवरण यूनिकोड’ को नाम दिएका छन् ।

“मैले डिजाइन गरेका फन्ट नेपाल प्रज्ञा–प्रतिष्ठान र रेडियो नेपालले प्रचलनमा ल्याइसकेका छन् । हालसम्म दर्जनौँ फन्ट बनाइसकेको छु । यिनै फन्टको प्रयोग गरेर सात सयभन्दा बढी साहित्यिक कृतिको आवरणसमेत डिजाइन गरिसकेँ”, उनले भने,“लिपि पारखीहरूले मेरा फन्टलाई रुचाएर त्यही फन्टमा कृति प्रकाशन गर्ने माग बढ्दै गएकाले सिपलाई प्रविधिसँग जोड्ने सोचका साथ नेपाली यूनिकोड बनाएको हुँ ।”

पौडेलले यो कार्य निकै चुनौतीपूर्ण रहेको सुनाए । उनले भने,“नेपाली फन्ट डेढ दुई सय क्यारेक्टर बनाउँदा हुन्थ्यो भने यूनिकोडहजारौँ क्यारेक्टरको हाराहारीमा । फन्ट बनाउनेहरू हत्तपत्त यूनिकोड बनाउने आँट गर्दैनन् तर मैले जोखिम मोलेरै आफ्नै हस्तलिपिको नेपाली र नेपाली यूनिकोड रोमनाइज्डमा टाइप गर्न मिल्ने आवरण यूनिकोडफन्ट बनाएको छु ।”

रेडियो प्रसारकसमेत रहेका पौडेलले मौलिक हस्तलिपि फन्टलाई थप प्रविधिमैत्री बनाउँदै विश्वव्यापी बनाउने सोचमा रहेको बताए । यसका साथै नेपालका अन्य भाषाका लागि पनि खोज र डिजाइन कार्य भइरहेको उनलेजानकारी दिए ।

“सानैदेखि किताबकाभन्दा राम्रा अक्षर लेख्न सकिन्छ भन्ने विश्वास बोकको थिए । प्रकाशनमा कतिपय क्यरेक्टर अभाव हुने भएकाले तिनलाई ध्यानमा राखेर आवरण फन्टको सिरिज नै बनाए । फलतः यो प्रयासलाई संस्थागत रूप दिएर ‘आवरण प्रकाशन’को स्थापना गरेको छु । प्रकाशनले मौलिक कपिराइट फन्टमा दर्जनौँ कृतिसमेत प्रकाशित गरिसकेको छ”, उनले भने ।

करिव चार दशकेखि सिर्जना साधनामा लागेका पौडेल, कलाकार, कवि, गीतकार र रेडियो प्रसारकसमेत हुन् । उनले केही वर्षअघि रेडियो नेपालबाट अवकाश लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फोक्सिङटार पुल पुन: निर्माणका लागि ३५ करोड बजेट सुनिश्चित

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत, दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा आएको बाढीले

तनाव बढेपछि वीरगंजमा कर्फ्यु आदेश जारी

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा कर्फ्यु  आदेश जारी गरेको छ ।

वीरगंजमा तनाव

वीरगंज । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा विवाद हुँदा वीरगंजमा दुई समुदायबीच झडप

तिनकुनेमा आगलागी र हत्या गरेजस्तो होइन जनयुद्धः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी मात्रै १७ हजारको