तस्बिरमा हेर्नुस् बाढीपहिरोको कहर

काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले २१ जिल्ला प्रभावित भएका छन्् । किसानको पाक्न लागेको धान बाली नष्ट भएको छ भने दुई सय भन्दाबढीको ज्यान गएको छ । त्यस्तै कयौं घरबारबिहीन भएका छन् भने सडक पुलपुलेसामा क्षति पुगेको छ ।

चाडबाडको मुखमै क्षतिग्रस्त भएको विपी राजमार्ग पूर्ववत् अवस्थामा कहिले सञ्चालनमा आउने हो कुनै ठेगान छैन । पृथ्वी र त्रिभुवन राजमार्गको अवस्था उस्तै छ । काठमाडौँको बल्खु, नख्खु, बाग्मतीका किनार तथा भक्तपुरको हनुमन्तेलगायतका खोला र नदी किनार पूर्ववत् अवस्थामा फर्कन अझै धेरै दिन लाग्ने स्पष्ट छ ।

बाढी पहिरोका कारण प्रारम्भिक विवरण अनुसार १७ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ । मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् ।

विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ ।

काठमाडौँ, १६ असोजः काठमाडौं महानगरपालिका–११ स्थित वंशीघाटमा बुधबार नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र पेसागत महासङ्घ नेपालले बाढीले क्षति गरेपछि त्यहाँ थुप्रेको लेदो हिलो र सरसामान सारेर सरसफाइ गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस
काठमाडौँ, १६ असोजः काठमाडौं महानगरपालिका–११ स्थित बागमती नदी किनार वंशीघाटमा बुधबार घाममा सुकाएको कुर्सी लगायतका सरसामग्री । तस्बिरः हरिराम भेटुवाल/रासस
भिजेको धान पराल सुकाउँदै किसान
दाङको लमही नगरपालिका–३ टिकुलिगढका किसान यही असोज १२ गते परेको पानीले भिजेको धान पराल सुकाउँर्दै । धानसहित पराल
घर भित्रयाउनका लागि काटेर खेतमा सुकाइएको थियो । तस्बिरः कुलदीप न्यौपाने/रासस
क्षतिग्रस्त खेत
पाटन (ललितपुर), १६ असोजः यही असोज १२ गतको वर्षाका कारण ललितपुरको बागमती गाउँपालिका– ६ आश्रङस्थित लुकुनीबेँसीमा बागमतीले विनाश गरेको खेत । तस्बिरः माधवप्रसाद घिमिरे/रासस
क्षतिग्रस्त खेत
पाटन (ललितपुर), १६ असोजः यही असोज १२ गतको वर्षाका कारण ललितपुरको बागमती गाउँपालिका– ६ आश्रङस्थित लुकुनीबेँसीमा बागमतीले विनाश गरेको खेत । तस्बिरः माधवप्रसाद घिमिरे/रासस
फड्के निर्माण गर्दै सुरक्षाकर्मी
पाँचथर,१६ असोजः यही असोज १२ गतेको बाढी आएर बेलिब्रिज बगाएपछि मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमा हेंवा खोलामा मानिसको आवतजावतको व्यवस्थाका लागि फड्के निर्माण गर्दै सुरक्षाकर्मी । तस्बिरः रवीन्द्र काफ्ले/रासस
बाढी प्रवाभित खुर्कोट बजार क्षेत्र
कमलामाई (सिन्धुली), १६ असोजः यही असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले बगाएको तथा डुबान गरेको सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार क्षेत्र । पालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार)का अनुसार बाढीले यहाँका मात्रै ३५ घरका ६० परिवार विस्थापित भएका छन् । विस्थापित भएका परिवार बजार क्षेत्रमा व्यापार, व्यवसाय गरेर बसेका थिए । तस्बिरः राधिका बुढाथोकी/रासस
सुनकोसी नदीमा आएको बाढीले डुबाएको सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुल्कोट बजार क्षेत्र । यहाँ करोडौँ रुपैयाँ लगानी चार वटा रिसोर्ट र ३५ वटा होटल शुक्रबार र शनिबार आएको बाढीले डुबाएको थियो । रिसोर्ट र होटलका कतिपय संरचना र सामानहरु बगाएको समेत छ । तस्बिर : राधिका बुढाथोकी /रासस

यही असोज १२ गतेको वर्षापछि आएको बाढीले डुबानमा परेको ललितपुरको च्यासलस्थित बागमती नदी कनारमा रहेको च्यासल रङ्गशाला । तस्बिरः रत्न श्रेष्ठ/रासस
यही असोज १२ गतेको वर्षापछि आएको बाढीले डुबानमा परेको ललितपुरको च्यासलस्थित बागमती नदी कनारमा रहेको च्यासल रङ्गशाला । तस्बिरः रत्न श्रेष्ठ/रासस
काठमाडौँ, १६ असोजः यही असोज १२ गतेको आएको वर्षा कारण वाढी र डुबानपछि बुधबार देखिएको ललितपुरको च्यासलस्थित बागमती नदी कनारामा रहेको च्यासल रङ्गशाला । अझै सफा गर्न पहल हुन सकेको छैन । तस्बिरः रत्न श्रेष्ठ/रासस
झ्याप्लेखोलामा खसेको पहिरो
मलेखु (धादिङ), १६ असोजः निरन्तरको वर्षासँगै गत शुक्रबार राती धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्लेखोलामा खसेको पहिरो । यही पहिरोमा पुरिएका तीन वटा सवारीसाधनबाट ३५ जनाले ज्यान गुमाएका छन् । यो तस्बिर पहिरो पन्छाउने क्रममा आइतबार कैद गरिएको हो । तस्बिर: शंकर श्रेष्ठ/रासस
झोलुङगे पुल मर्मत गर्दै स्थानीय बासिन्दा
भोजपुर, १६ असोजः केही दिनअघि आएको बाढीले झोलुङ्गे पुलमा क्षति पुगेपछि बास लगाएर मर्मत गर्दै स्थानीय बासिन्दा । भोजपुर र उदयपुर जिल्लालाई दक्षिणी क्षेत्रबाट जोड्ने एकमात्र विकल्पको रुपमा रहेकोे यो पुलमा क्षति पुगेपछि स्थानीयले तत्काल आवतजावत खुलाउन मर्मत गरेका हुन् । दूधकोशी नदीको चुहारमा रहेको यो पुलले हतुवागढी गाउँपालिका–९ हसनपुर र उदयपुरको वेलका नगरपालिका–७ मैनामैनी जोडेको छ । तस्बिर : युवराज विष्ट/रासस
काठमाडौँ, १६ असोजः काठमाडौं महानगरपालिका–११ स्थित वंशीघाटमा बुधबार नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र पेसागत महासङ्घ नेपालले बाढीले क्षति गरेपछि त्यहाँ थुप्रेको लेदो हिलो र सरसामान सारेर सरसफाइ गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंको गोकर्णेश्वरमा सुर्खेतका होमबहादुर फौजामगरको हत्या अभियोगमा तीनजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वरमा एकजनाको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको

सवारी दुर्घटना गराएर चालक भागेपछि….

काठमाडौँ । सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन

बाबुले गरे भीरमा फालेर ६ वर्षीय छोराको हत्या

ढोरपाटन । बागलुङको ताराखोला गाउँपालिकाका केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर