मुस्ताङमा बाढीबाट क्षति



म्याग्दी । दुई दिनदेखिको लगातारको झरीका कारण मुस्ताङमा क्षति पुगेको छ । झरीका कारण सडक, नदी नियन्त्रण आयोजना र खेतीबालीमा बाढी पसेर क्षति पुगेको हो ।

बेनी-जोमसोम-कोरला सडकको जोमसोम-छुसाङ र कागबेनी-मुक्तिनाथ सडकमा पाखोबाट गेग्रानसहितको बाढी आएर भत्काएको छ । पहिरोले यसै हप्ता कालोपत्र भएको १३ किलोमिटर लामो जोमसोम-कागबेनी सडकमा क्षति पुर्‍याएको वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवक्ता प्रमेश गुरुङले जानकारी दिए ।

शनिबार दिनभर जोमसोम-कोरला र कागबेनी मुक्तिनाथ सडक अवरुद्ध हुँदा स्थानीयवासी, सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गर्न र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्री तथा पर्यटकलाई आवतजावत गर्न समस्या भएको थियो । बेनी-जोमसोम-कोरला सडक आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजरको सहायतामा अवरुद्ध सडक खुलाएको प्रवक्ता गुरुङले बताए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फलेकको स्याउ बारीमा पाखोबाट आएको बाढी पसेर क्षति पुगेको छ । स्याउ बगैँचा, आलु र जौँबालीमा बाढी पसेर क्षति पुगेको वडाध्यक्ष सुरेन्द्र गुरुङले बताए। भित्र्याउने बेलाको खाद्यबाली, बजार पठाउने तयारी गरेको आलु र स्याउमा क्षति पुग्दा किसान मारमा परेका छन् ।

यसैगरी जोमसोममा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको काम गरिरहेको निर्माण कम्पनीको डोजर खोलामा फसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द

बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को

झ्याप्लेखोलामा पुरिएको माइक्रोबसबाट निकालियो थप १० जनाको शव

काठमाडौं । धादिङको झ्याप्लेखोलाको पहिरोमा अर्को माइक्रोबस पनि पुरिएको फेला परेको छ ।

बाढीपहिरो र डुबानमा परी १०४ जनाको मृत्यु

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ४ जनाको मृत्यु भएको

हात्तीको आक्रमणमा कञ्चनपुरमा एकजनाको मृत्यु

कञ्चनपुर । हात्तीको आक्रमणमा परी कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल