बागलुङ बसपार्क उद्घाटनको भोलिपल्टै सुनशान !



बलेवा । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मङ्गलबार चालक र सहचालकलाई टीका लगाए बसपार्कको शुभारम्भ गरेका थिए ।

बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो । व्यवसायी विष्णुराज पन्तले असुरक्षाका कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताए । “बस ठोकिन्छ, कसरी त्यहाँ बस जान्छ र खै ?”, उनले आश्चार्य व्यक्त गर्दै भनेयो, “नगरले सुरक्षा दिनुपर्यो नी, अनि मात्र ठूला सवारी गन्तव्यमा पुग्छन् ।”

बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ । “व्यवसायीसँग सम्झौता भएको छैन, हामी छलफलमै छौँ, एक दुई दिनमा काम टुङ्गो लाग्छ”, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, “एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन ।” उनले बसपार्कलाई दिगो बनाउनका लागि यातायात व्यवसायीसँग लिखित रुपमा सम्झौता गरेर अघि बढ्ने योजना सुनाए ।

निर्माण प्रक्रिया सुरुआत गरेको २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा ल्याइएको थियो । बसपार्क निर्माणका लागि नगर विकास कोषबाट  आठ करोड ७० लाख ऋण लिइएको थियो । बसपार्कमा ८० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

बाँके । कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा

जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा

भक्तपुर । आश्विन शुक्ल पूर्णिमाको अवसरमा बुधबार राति ८ बजे मध्यपुरथिमिमा ‘येंया पुन्हिया

लाखेनाचसहित समापन भयो ललितपुरको इन्द्रजात्रा

  ललितपुर । ललितपुर महानगरपालिका–१ को सहयोगमा आयोजित इन्द्रजात्रा लाखे नाच नाचेर आज

१२ जिल्लाका सिडिओसहित गृह मन्त्रालयका ३६ जना कर्मचारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित ३६ कर्मचारीको सरुवा गरेको छ ।