यात्रुको मृत्युपछि फरार तीनजना ‘अफलाइन राइडर’ पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंमा अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मोटरसाइकल दुर्घटनापछि फरार भएका जुम्ला घर भई तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारीलाई फक्राउ गरेको हो ।

असार १५ गते काठमाडौं महानगरपालिका–१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो।

उक्त दुर्घटनापछि भागेका राइडरहरूलाई प्रहरीले पक्राउ गरेको हो । परिसरकाअनुसार असार १५ गते राति साढे ९ बजेतिर गोर्खा सिरानचोक–२ की अनु गुरूङ ललितपुर महानगरपालिका–२३ हात्तीवन जान लागेकी थिइन् । उनीसहित तीन जना साथीहरू गोंगबुबाट हात्तीवन जान लागेका थिए । तेज रावलसहित तीन जनाले अफलाइन राइड गरी अनुसहितलाई लग्दै थिए।

जमल पुग्दा तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको पल्सरबाट अनु खसेकी थिइन् । मोटरसाइकलबाट खसेपछि पदमले चलाएको बा ३६ प ३२४ नम्बरको सिबिएट मोटरसाइकलले अनुलाई ठक्कर दिएको थियो । ठक्करबाट अनुको टाउकोमा गम्भीर चोट लागेको थियो।

उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो। उपचारको क्रममा असार १८ गते अनुको मृत्यु भएको थियो । दुर्घटना भएपछि अफलाइन राइडरहरू घटनास्थलबाट फरार भएका थिए ।

पछि प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त अपरेसन गरी तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरू तीनै जनामाथि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी हुँदैछ खुर्कोटस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माणको काम सुरु

मंसिरमा हुने उपनिर्वाचनका लागि २५ दल दर्ता

काठमाडौं । आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् ।

चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

कैलाली । नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत