बाढीपहिरोले बेहाल(फोटोफिचर)



काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण अहिले देशभरको जनजीवन प्रभावित भएको छ । अबिरल वर्षापछिको बाढीले दश जना भन्दाबढीले ज्यान गुमाए छन् भने केही बेपत्ता भएका छन् ।

बाढी पहिरोले कयौंको घरबास उठाएको छ भने बालीनाली लगाएको जमिन कटान गरेर लगेको छ । त्यस्तै दर्जनौं सडक अवरुद्ध भएका छन् ।

डुबानमा खेतीयोग्य जमिन
दाङ, २३ असारः
दाङको घोराही उपमहानगरपालिका–७ स्थित बेलहरीवासीको बबई नदीको बढीले डुबाएको रोपाइँ गर्न राखेको धानको ब्याड र मकै खेती । अविरल वर्षाका कारण दाङको बबई नदीमा १० वर्ष पछि ठूलो बाढी आएको स्थानीय बुढापाका बताउँछन् । तस्बिरः कुलदीप न्यौपाने÷रासस

जलमग्न घोराही
दाङ, २२ असार :
अविरल वर्षाका कारण शनिबार जलमग्न बनेको दाङको घोराही उपमहानगरपालिका क्षेत्रका खोला तथा खेत । तस्बिर : कुलदीप न्यौपाने/रासस
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा वर्षाका कारण सडक हिलाम्य भएपछि आइतबार बिहान फसेको गाडी । हिलोमा गाडी फसेपछि यो खण्ड अवरुद्ध भएको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस
त्रिपालले छोपेर राखिएको पहिरो
दमौली (तनहुँ), २३ असार :
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ शान्तिकुनास्थित शिवाल मन्दिर परिसर र प्रगति टोलमा शनिबार वर्षाले पहिरो गएपछि त्रिपालले छोपेर राखिदै । पहिरोले जनसेवा मोटरमार्गमा क्षति पुग्नुका साथै बस्ती जोखिममा परेको छ ।तस्बिर : कृष्ण न्यौपाने/रासस
पहिरोमा बेपत्ताको खोजी गरिँदै
दमौली (तनहुँ), २३ असारः
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएकाको आइतबार बिहान खोजी गरिँदै । पहिरोमा पुरिएर बेपत्ता एक महिलाको शव भेटिएको छ भने दुई जना बेपत्ता छन । तस्बिरः कृष्ण न्यौपाने/ रासस
हिलोमा फसेका सवारीसाधन
डुम्रे (तनहुँ), २३ असारः
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा फसेका सवारीसाधन । शनिबारदेखि अवरुद्ध सडक आइतबार बिहान एकतर्फी सञ्चालनमा आए पनि सवारीसाधन फस्ने भएकाले वैकल्पिक रुपमा दमौलीको भोर्लेटार चोकबाट लमजुङको दुईपिप्ले हुँदै कास्कीको देउरालीको बाटो प्रयोग गर्न आग्रह गरिएको छ । तस्बिरः मिला दरै÷रासस
मनाङ २३ असार
मस्र्याङदी नदीमा बाढी
अविरल वर्षापछि मस्र्याङदी नदीमा आएको बाढी । नदीमा पानीको बहाव बढेसँगै मनाङ सदरमुकाम आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रसासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ । तस्बिर : नवीन लामिछाने/रासस
दाङ, २३ असारः
बबई नदीमा आएको बाढी
अविरल वर्षाका कारण बबई नदीमा आएको बाढी । बबई नदीमा तटबन्ध नहुँदा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर—अमेलिया सडकखण्ड तुलसीपुर उपमहानगरपालिका—१२ को बरिया गाउँ जोखिममा परेको छ । तस्बिरः नारायणी रजौरे/रासस
अविरल वर्षाले दाङको घोराही उपमहानगरपालिका -७ स्थित सौडियारमा डुबान भएको धान खेत। तस्बिरः रञ्जिता अधिकारी /रासस
उर्लेको नारायणी
नारायणगढ, २२ असार : गएरातिदेखि अविरल बर्षाका कारण नारायणगढस्थित नारायणी नदीमा आएको बाढी । यतिबेला नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरी खतरा उन्मुख रहेको छ । तस्बिर : सनद अधिकारी/रासस
रुकुम पुर्व, २३ असारः
मध्यपहाडी लोकमार्गमा पहिरो
रुकुम पूर्वमा पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग । अविरल वर्षाका कारण शनिबार बिहान सडकमा पहिरो झरेपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । तस्बिरः सर्जना कार्की/रासस
वर्षाका कारण सप्तरीको हनुमाननगरको कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी ब्यारेजमा देखिएको पानीको बहाव । आज बिहान पानीको बहाव अत्याधिक बढेपछि अहिले कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएको सप्तकोशी जलमापन केन्द्रले जनाएको छ । तस्बिरः अरुणकुमार यादव/रासस
बबई नदीमा पानीको बहाव
तुलसीपुर, २२ असारः
राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–१२ शीतलपुरको पुलमुनि बबई नदीमा बढेको पानीको बहाव । तस्बिरःदीपक बोहरा/रासस
नारायणीको बाढीले बगाएको झोलुङ्गेपुल
भरतपुर,२३ असारः
नारायणी नदीमा आएको बाढीले शनिबार राती बगाएको भरतपुर महानगरपालिका ३ स्थित नगरवनस्थित झोलुङ्गेपुल । बाढीले नगरवन क्षेत्रको जमिन समेत कटान गरेको छ । तस्बिरः कृष्ण आचार्य÷रासस
डुबानमा खेतीयोग्य जमिन
दाङ, २३ असारः
दाङको घोराही उपमहानगरपालिका–७ स्थित बेलहरीवासीको बबई नदीको बढीले डुबाएको रोपाइँ गर्न राखेको धानको ब्याड र मकै खेती ।अविरल वर्षाका कारण दाङको बबई नदीमा १० वर्ष पछि ठूलो बाढी आएको स्थानीय बुढापाका बताउँछन् । तस्बिरः कुलदीप न्यौपाने/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीमा गम्बोरो रोगले मरे पाँच हजार भन्दाबढी कुखुरा

कैलाली ।  कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

पाल्हीनन्दन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक

सरकारले विपद प्रभावित लाभग्राहीको नाम आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम दिने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित लाभग्राहीको नाम

‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’

  सिर्जना राई, काठमाडौँ । हिन्दूहरूको मुख्य पर्व बडादसैँ सुरु भइसकेको छ तर