बिजुली बजारमा फल्चा शैलीमा निर्मित बस विसौनी उद्घाटन



काठमाडौँ । काठमाडौंको बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी शनिबारबाट शुभारम्भ भएको छ ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि जेठ १ गतेबाट सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ ।

उनले भनिन्,‘यी संरचनाहरु काठमाडौँको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका स्मारक बन्नेछन् । काठमाडौँको पहिचान मुख्य सडकबाट प्रवर्धन हुनेछ ।’

उनले सहरी सेवा वितरण र सुविधा व्यवस्थापन गर्ने कामसँग मौलिकता जोड्दै लगिने बताइन् । परम्परागत निर्माण सामग्री, शिल्प र शैली पछ्याउनु परेकोले आधुनिक संरचना निर्माणभन्दा लगानी र निर्माण अवधि धेरै लागेको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । यसरी निर्माण गरिएको संरचनाको सुरक्षा गर्न फल्चाका उपभोक्ता, पैदलयात्री तथा स्थानीयवासी सबैले समान दायित्व बोध गर्नु पर्ने केसीको भनाइ थियो ।

कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको हो । वडा सदस्य एवं निर्माण संयोजक सतिश तण्डुकार भन्छन्, ‘बस्नका लागि काठकै मेच राखिएका छन् । विसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।’ उनका अनुसार २ वटा बस बिसौनी निर्माण सम्पन्न गर्दा करिब ५३ लाख रुपैयाँ खर्च भएको छ ।

यसपछि अब नयाँ बानेश्वर चोक वारिपारि २ वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई

एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन, नेतृत्व चयनका लागि बिहीबार मतदान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन

कैलालीमा बाढीले बगाएर एकजनाको मृत्यु

  सुदूरपश्चिम ।  कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २०

काठमाडौँबाट दिल्ली जान लागेका दुई अमेरिकी विदेशी मुद्रासहित विमानस्थलबाट पक्राउ

  काठमाडौँ ।  अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन