तीन वर्षमा बन्नुपर्ने गेउरिया पुल १० वर्षसम्म पनि बनेन



पथरी । मोरङको कानेपोखरी रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । कानेपोखरी गाउँपालिका–२ स्थित कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुलबारे गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन दिएको थियो । निर्देशन दिएको चार महिना बितिसक्दा पनि पुलको निर्माण भने कछुवा गतिमा भइरहेको छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेवीले ठेक्का पाएको थियो । १५ मिटर लम्बाइ उक्त पुल एक करोड १८ लाखमा ठेक्का लागेको थिया तर १५ अझै पुल कहिले सम्पन्न हुन्छ भन्ने टुङ्गो नरहेको स्थानीयको भनाइ छ ।

स्थानीय पुन्यप्रसाद रिमालले उक्त स्थानबाट नौ वर्षको अवधिमा पाँचजनाभन्दा बढीले ज्यान गुमाइसकेका र धेरैजना घाइते भएका उल्लेख गर्दै वर्षातको समयमा थप जोखिम रहेको बताए ।

“हामीले समयमै पुल निर्माण गर्न जनप्रतिनिधिलगायत ठेकेदार तथा सरोकार भएकाहरुलाई ध्यानाकर्षण गरायौँ तर सुनुवाइ भएन । १५ मिटर पुलसमेत समयमै बनाउन नसक्नेले बाँकी काम कसरी गर्लान् आश्चर्य लागेको छ”, उनले भने ।

अब पुलको बाँकी काम चाँडै सम्पन्न गर्न जनप्रतिनिधि र नागरिक जागरुक बन्नुपर्ने स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीमा बाढीले बगाएर एकजनाको मृत्यु

  सुदूरपश्चिम ।  कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २०

काठमाडौँबाट दिल्ली जान लागेका दुई अमेरिकी विदेशी मुद्रासहित विमानस्थलबाट पक्राउ

  काठमाडौँ ।  अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई आठलाख जरिवाना

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले  मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’का उत्पादक

प्रहरी निरीक्षक शिवाकोटी पुर्पक्षका लागि जेल चलान

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले