स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल



टक्सार । भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन् । त्यसमध्येका एक हुन्, भोजपुर नगरपालिका–८, दुम्सिका कमल भुजेल ।

उनले दुई रोपनी जग्गामा व्यवसायीक स्ट्रबेरी खेती सुरु गरेका छन् । नुवाकोटको ककनीबाट दुई हजार बिरुवा ल्याई आफूले व्यवसायीकरुपमा खेती सुरु गरेको उनले बताए।

राम्रो उत्पादन र आम्दानी हुने गरेको जानकारी पाएपछि यस खेतीमा आकर्षित भएका भुजेलले हाल दैनिकजसो १० देखि २५ किलोग्राम (केजी) सम्म स्ट्रबेरीको कारोबार गर्ने गरेको बताए । आफ्नो उत्पादनले माग धान्न नसकेपछि उनले खेती विस्तार गरी १० हजार बिरुवा थप्ने योजना बनाइरहेको सुनाए ।

‘ग्राहकको माग बढ्न थालेको छ । स्थानीयस्तरमै कुनै विषादी प्रयोग नगरी उत्पादन भएकाले पनि ग्राहकको माग बढ्न थालेको हो’, भुजेलले भने, ‘यसले निकै उत्साहित भएको छु । त्यसैले खेती विस्तार गर्ने योजना बनाइरहेको छु ।’

उनको उत्पादन र माग देखेर जिल्लाका अन्य किसान पनि कृषिखेती गर्ने योजनामा छन् । सरकारले उत्पादित स्ट्रबेरीको बजारीकरण र प्याकेजिङका लागि सहुलियतमा यन्त्र खरिद गर्न सहयोग गरेमा यहाँका धेरै किसान यसतर्फ आकर्षित हुने भुजेलले बताए ।

‘मेरो उत्पादन देखेर अन्य किसानले पनि दिनहुँ यसको खेती गर्नेबारे राय सुझाव लिइरहनुभएको छ । मैले पनि लगनका साथ लाग्ने हो भनेर राम्रो आम्दानी हुन्छ गर्नुस् भनेर यहाँ आउनेहरुलाई सल्लाह दिने गरेको छु’, उनले भने ।

विशेषगरी पर्याप्त घाम लाग्ने जमिनमा उत्पादन हुने स्ट्रबेरीका लागि पहाडी जिल्ला भोजपुर उपयुक्त हुने जानकारहरु बताउँछन् । हाल यहाँ प्रति केजी  पाँच सयका दरमा स्ट्रबेरी बिक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साल्ट ट्रेडिङले बढायो नुनको मूल्य

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मूल्य बढाएको छ । मंगलबार बसेको कम्पनी

‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल

कैलाली। राजनीतिसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा-१ का गणेश ढकाललाई यति बेला

सहकारी छानबिन समितिले राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग सुझाव लिने

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय राजनीतिक

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष छनोट विवादमा अल्पकालीन अन्तरिम आदेश जारी