काठमाडौँमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न



काठमाडौँ । सङ्घीय राजधानीसँग कर्णाली जोड्ने अभियानका रुपमा काठमाडौँमा जारी तीन दिने ‘कनेक्टिङ कर्णाली’ प्रदर्शनी सम्पन्न भएको छ ।

मनघरी फाउण्डेशनको अग्रसरतामा यही असार १ गतेदेखि सुरु प्रदर्शनीमा शब्द, दृश्य, चित्र र उत्पादनमार्फत कर्णालीलाई काठमाडौँसँग जोड्ने अभियान सुरू गरिएको आयोजक एवं ‘कनेक्टिङ कर्णाली’ का परिकल्पनाकार भरतबन्धु थापाले बताए ।

“हामीले कर्णालीका दश जिल्लाका विशेषतालाई प्रदर्शनीमा समेटेका छौँ । यसै महिनाबाट सुरू गरिएको अभियानमा दर्शकको राम्रै सहभागिता रह्यो । यस प्रदर्शनीले कर्णाली बुझ्न र चिन्न मद्दत ग¥यो भन्नेमा हामी विश्वस्त छौँ”, आयोजक थापाले भने ।

कर्णाली प्रदेशमा १० जिल्लाकै विशेषतालाई १० महिनासम्म प्रदर्शनी गर्ने अभियानको सुरुआत खस कला, संस्कृति र सम्पदाको खानी दैलेखबाट गरिएको र आगामी महिना डोल्पाको विशेषतालाई प्रदर्शनी गरिने उनले जानकारी दिए ।

उनले भने, “सबै वर्ग र उमेर समूहका व्यक्तिलाई प्रदर्शनीमा देखियो । उहाँहरूको कौतुहलतालाई प्रदर्शनीमा राखिएको तस्बिर र भिडियोले मेट्न सफल भएको छ ।” काठमाडौँको नयाँबानेश्वरस्थित एनबी सेन्टरमा सम्पन्न प्रदर्शनीमा ३२ वटा तस्बिर तथा पाँच वटा भिडियोहरू राखिएको थियो ।

साथै, कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायले उत्पादन गरेका सामग्रीमा पनि प्रदर्शनी हेर्न आउनेले चाख दिएका छन् । अभियान प्रत्येक महिनाको पहिलो शनिबारदेखि सुरु भई तीन दिनसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम

गण्डकी ।  विश्व पर्यटन दिवस-२०२४ का अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ले आयोजना

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना

सिन्धुपाल्चोक । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित

किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’

काठमाडौं । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ